बान्निगढी जयगढमा एकै दिन तिन वडा साक्षर घोषणा

बान्निगढी जयगढ गाँउपालिकामा एकै दिन ३ वटा वडालाई साक्षर घोषणा गरिएको छ ।

बुधबार गाँउपालिकाका वडा नं १ , २ र ४ लाई फरक फरक कार्यक्रमका बिच साक्षर वडा घोषणा गरिएको हो ।

नेपाल रकारले निर्धारण गरेका १२ वटा सुचक मध्य ६ सुचक पुरा गरेपछि वडालाहरुलाई साक्षर घोषणा भएका हुन् । गाँउपालिकाको वडा नं २ जनालीकोटमा ९७ . ८७ प्रतिशत र वडा नं ४ तिमील्सैनमा ९७.१२ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

फागुन १० गते भित्र गाँउपालिकालाई नै साक्षर घोषणा गर्ने तयारी भएपछि गाँउपालिकामा वडा साक्षर घोषणा कार्यक्रमले तिब्रता पाएको हो । घोषणा गर्न बाकीँ वडाहरुलाई पनि फागुन तिन गतेसम्म साक्षर घोषणा गरिसक्ने गरि तयारी भैरहेको गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदले जानकारी दिनुभयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker