बान्नीगढि ५ कालिका साक्षर वडा घोषणा

९६ प्रतिसत नागरिक साक्षर भए संगै भब्य कार्यक्रमका बिच घोषणा कार्यक्रम सम्पन्न

 

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ५ कालिकालाई साक्षर वडा घोषणा गरिएको छ ।

वडा नम्वर ५ कालिकामा ९६ प्रतिसत नागरिक साक्षर भए संगै आज भब्य कार्यक्रमका बिच साक्षर वडा घोषणा गरिएको हो ।

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ५ कालिका वडा अध्यक्ष लाल कामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथितीको रुपमा बोल्दै खड्काले शिक्षा बिना मानिस अधुरो र अपुरो हुने भएकाले सबैले यस माहान कार्यलाई सिरोधार्य गर्दै सबै नागरिक सिक्षाको पहुचमा जोडिन उहाँले आग्रह गर्नु भयो । शिक्षा ग्रहण गर्न उमेरले कुनै प्रबाह नगर्ने भएकाले बाँकी निरक्षरहरुलाई छिट्टै साक्षर बन्न आग्रह गर्नुका साथै नव साक्षरहरुलाई बधाई तथा धन्यवाद दिनु भएको छ ।

कार्यक्रममा तत्कालिन कालिका गाबिस अध्यक्ष तथा पुर्ब जिल्ला बिकास समिती सदस्य जगत बहादुर रावल बिशिष्ट अथिती रहनु भएको थियो । यस्तै अन्य अथितीहरुमा नेकपा जिल्ला कमिटी सदस्य निर्मला रावल,कालिकाका वडा सदस्य दान बहादुर रावल,पशुपति रावल,कहरे साउँद,शिक्षक, बुद्धिजिबी,राजनितीक दल, पत्रकार,युवा क्वलव,बालक्वलब लगायत सम्पुर्णको सहभागीता रहेको थियो ।

कार्यक्रममा साक्षरता अभियान कार्यक्रमको प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । वडा सदस्य दान बहादुर रावलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चाल कृर्षी बिकास साखा जयगढका कृर्षी पा्रबिधिक दिपक कसाराले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker