दश बर्षे जनयुद्धले नै नेपालको आमुल परिर्वन भयो : नेकपा नेता भण्डारी ( कुराकानि शहित )

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केद्रिय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज सरदसिंह भण्डारीले दश बर्षे जनयुद्धले नेपालमा ठुलो परिर्वतन ल्याएको बताउनुभएको छ ।

२५ औँ जनयुद्ध दिवसको अबसरमा रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानि गर्दै भण्डारीले सो कुरा उललेख गर्नुभएको हो ।

२०५२ साल फागुन एक गतेबाट शुरु भएको दश बर्षे जनयुद्धले नै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिणत गरेको बताउनुभयो । जनयुद्धले आवाज बिहिनहरुलाई आवाज दिएको , शाहारा बिहिनहरुलाई साहारा दिएको , अन्याएमा परेकाहरुलाई न्याए दिएको तथा बिकृति र रुढीबादी परम्पराको केही हदसम्म भएपनि अन्त्य गरेको भण्डारीले उल्लेख गर्नुभयो ।

जुन गतिमा ब्याबस्था परिर्वतन भयो त्यो गतिमा बिभीन्न कारणले मुर्त रुपमा ग्रामिण बस्तिका जनताको अवस्था परिर्वतन भने हुन नसेको भन्दै अब नागरिकको अवस्था परिर्वतनमा जुट्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

उहाँले शसस्त्र बिद्रोहमा ज्यान गुमाएकाहरुका परिवार तथा घाईतेहरुको ब्याबस्थापनमा बिशेष ध्यानुपर्ने समेत बताउनुभयो ।

यसैसिबच आज हामीले तत्कालिन नेकपा माओबादीका अछाम बाजुरा ईन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज शरदसिंह भण्डारीसंग जनयुद्धको बिषयमा कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई हामीले तपाईहरुले दश बर्षसम्म जनताको लागी भनेर गरेको युद्धले केही हदसम्म देशको ब्यावस्था परिर्वन गरेपनि जनताको अवस्था भने परिर्वतन गर्न सकेन हगी भनेर सोधेका छौँ । कुराकानि सरदसिंह भण्डारी ………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker