जनआन्दोलनका शहिदहरुप्रति अछाममा श्रदाञ्जली तथा दीप प्रज्वलन

टेकराज भण्डारी, फागुन १, अछाम
जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुप्रति श्रदाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम अछाम सदरमुकाम मंगलसैनमा सकिएको छ ।
अनेरास्ववियू अछाम बहुमुखी क्याम्पस ईकाइ कमिटिको आयोजनामा क्याम्पस प्रांगणमा कार्यक्रम भएको हो । क्याम्पस ईकाइ कमिटि अध्यक्ष सिद्धराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य तथा कार्यालय सचिव नमराज न्यौपाने रहनु भएको थियो ।
प्रमुख अतिथि न्यौपानेले शहिदले देखाएको बाटोमा अघि बढ्दै देश विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । अन्याय, अत्याचार र कुशाशन बिरुद्धमा शहिदले दिएको बलिदानीलाई आत्मसाथ गर्दै सुमुन्नत राष्ट्र निर्माणको लागि सबै अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा अछामका सदस्य तथा अनेरास्ववियूका केन्द्रीय सदस्य डम्बर बिसी, नेकपा नेता लिलाराज भण्डारी, प्रेस संगठनका केन्द्रीय अनुशाशन समिति सदस्य टेकराज भण्डारी, अनेमसंघका लक्ष्मी बोगटी, अनेरास्ववियूका अछाम सहसंयोजक निरक शाही, शिव विक लगायतले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिदे देखाएको बाटो र जनआन्दोलनको मर्म अनुसार देश विकसको गतिलाई अघि बढाउनुपर्ने बताउनु भएको थियो । कार्यक्रमको संचालन अनेरास्ववियू अछाम बहुमुखी क्याम्पस ईकाई कमिटि सहसंयोजक सरस्वती केशीले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस