बान्नीगढि ३ बर्दादेबी साक्षर वडा घोषणा

बन्निगढी जयगढ गाउपलिका वडा नम्बर ३ बर्दादेविलाइ साक्षर घोषणा गरियको छ । आज एक कार्यक्रमकाबिच वडालाइ साक्षर घोषणा गरिएको हो ।
वडाध्यक्ष कुल बहादुर शेट्टिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनु भएको थियो ।प्रमुख अथितीको रुपमा बोल्दै खड्काले शिक्षा बिना मानिस अधुरो र अपुरो हुने भएकाले सबैले यस माहान कार्यलाई सिरोधार्य गर्दै सबै नागरिक सिक्षाको पहुचमा जोडिन आग्रह गर्नु भयो ।
शिक्षा ग्रहण गर्न उमेरले कुनै प्रबाह नगर्ने भएकाले बाँकी निरक्षरहरुलाई छिट्टै साक्षर बन्न आग्रह गर्नुका साथै नव साक्षरहरुलाई बधाई तथा धन्यवाद दिनु भएको छ । सबै वडालाई साक्षर वडा घोषणा पश्चात फागुन १० गते भित्रै गाउँपालिकालाईनै साक्षर पालिका घोषणा गर्ने उहाँले उल्लेख गर्नु भयो ।
कार्यक्रमको विशिष्ट अतिथी जिल्ला समन्वय समिती अछामका सदस्य शिव तिरुवा रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा वडा नम्बर ४ का अध्यक्ष कर्ण ट्कुल्ला तथा वडा नम्बर ५ का अध्यक्ष लाल कामी , गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक राज रेग्मी , शिक्षा शाखा प्रमुख रामचन्द्र जोशी , नेकपाका राम बहादुर साउद , नेपाली काङ्ग्रेसका इन्द्र साउद समाजसेबी टेक बहादुर साउद , निर्मला साउद , दलित सन्जालका मोहन ताम्राकार , लगाएत रहनु वडा सदस्य डबल ठकुल्लाको स्वागत मन्तब्यबाट शुरु भयको कार्यक्रमको सन्चालन पत्रकार टेकराज बिकले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस