बर्तमान सरकारमा भ्रष्टाचारले उग्र रूप लियो

सरकारले विकास–निर्माणमा चासो नदेखाएको होइन । देखाएकै छ । तर सोचेजस्तो परिणाम ल्याउन सकेको देखिँदैन । यसमा मूलतः दल र राज्यबीचको समन्वयको अभाव देखिन्छ ।

दल र राज्यबीचका अन्तरसमन्वयका कारण दुई तिहाइ जनमत पाउँदा पनि त्यसको असर सत्ता–सञ्चालनमा देखिएको छैन ।

अस्तिको केन्द्रीय कमिटी बैठकमा पनि यो कुरा घनिभूत रूपमा उठ्यो । आगामी दिनमा पार्टी, सरकारले यो कुरा मनन गर्ला । आगामी यात्रा तय गर्ला ।

सरकारको ध्यान आर्थिक समृद्धिमा केन्द्रित छ । तदनुरूप योजना पनि बनिरहेका होलान् । सरकारका अङ्ग परिचालित पनि होलान् । तथापि जनतालाई छुने कार्यक्रम बन्न सकेनन् । जनताको दैनिक जीवन परिवर्तन हुने कार्यक्रम नबन्दा त्यसले तलतल असन्तुष्टि पैदा ग¥यो । विरोधको स्वर बाक्लो बन्यो ।

अर्को यो बीचमा भ्रष्टाचारले उग्र रूप लियो । राज्यका सम्पूर्ण अङ्ग भ्रष्टाचारमा निर्लिप्त भए । सरकार, प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने भने पनि झन्झन् झाँगिदै गएको, जरा विस्तारित भएको देखिन्छ । यहाँ पनि राज्य र दलबीचको समन्वयकै कुरा आउँछ । भ्रष्टाचार नियन्त्रणमा दल र राज्यबीच समन्वय नै कायम भएको देखिँदैन ।

अहिले सरकार निरङ्कुश बन्न लाग्यो कि भन्ने चिन्ता सर्वत्र देखिन्छ । त्यसले लोकतन्त्र संस्थागत होस् भन्ने चाहने शक्तिहरूलाई चिन्तित तुल्याएको हुनुपर्छ । यसको मुख्य कारण भनेको सत्ता परिवर्तन भयो, तर सत्ताको मूल चरित्र बदलिन सकेन । हिजोकै मूल्यमान्यता बसिरह्यो । राज्यको नियन्त्रणमुखी चरित्र विस्थापित हुन सकेन । त्यसैको दुष्परिणाम हो यो ।

केन्द्रीय कमिटी बैठकमा पनि सरकारले घोषणापत्रको मर्म, भावनाअनुसार काम गर्न सकेन भनेर व्यापक गुनासो सुनियो । तर मलाई त्यस्तो लाग्दैन । सरकारले घोषणापत्रको मर्म समातेकै छ । बरु पार्टी संस्थागत ढंगले चल्न सकेन । सरकार र पार्टीबीच समन्वय, नियन्त्रण, सन्तुलन कायम हुनुपथ्र्यो, त्यो हुन सकेन ।

केन्द्रीय कमिटीमा उठेका र छलफल भएका विषयले नेतृत्वको चेत आएको हुनुपर्छ । यसको प्रभाव आगामी दिनमा देखिँदै जालान् । सामूहिक छलफल, निर्णय र निष्कर्षका आधारमा सरकार सञ्चानल हुने अवस्था आउँदा परिणाम देखिँदै जान्छ ।barhakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker