वुहानका नेपाली ल्याउन निगमको विमान उड्यो

चीनमा रहेका नेपाली ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ ।
आज उडेको विमान भोलि बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो क्वारेन्टाइनमा कसरी राख्ने भन्ने बारेमा व्यावहारिक अभ्यास गरिएको थियो । भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ ।
वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक दलका सदस्यलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने तयारी छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस