अछाममा काँग्रेसको कृयाशील सदस्यता बितरण अभियान तिब्र

मंगलसेन नगरपालिका वडा नम्वर १२ र १३ मा नेपाली काँग्रेसको कृयाशील सदस्यता बितरण गरिएको छ । हिजो बान्नातोलीमा एक कार्यक्रमका बिच १२० जनालाई क्रियाशिल सदस्यता बितरण गरिएको हाे ।

वडा नम्वर १२ बान्नातोलीका वडा सभापती दान बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला पार्टी सभापती भरत कुमार स्वार प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथितीको रुपमा बोल्दै उहाँले एउटै पार्टी भित्रका सबै कार्यक्रताले मनमुटाव तथा पार्टी भित्र गुट उपगुटको भावना नराख्न सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा नया क्रियासिल सदस्यलाई पार्टीको हकहितका लागी शसक्त रुपमा अग्रसर हुन आग्रह गर्नु भयो । साथै नेकपा पार्टी परित्याग गरि नेपाली कांगे्रशमा प्रबेश गर्ने १६ जनालाई सभापती स्वारले बधाई तथा धन्यबाद दिनु भएको छ । यस्तै कार्यक्रममा पुर्व पार्टी सभापती पुस्प बहादुर शाह बिशिष्ट अथिती रहनु भएको थियो । यस्तै अन्य अथितीहरुमा पुर्ब नेबिसंघ जिल्ला अध्यक्ष देबीराम रेग्मी,नेबिसंघ जिल्ला सचिब बम बहादुर स्वार,शिक्षक संघका प्रतिनिधी सारदा रावल,महिला प्रतिनिधी रत्ना शाहा,दलित प्रतिनिधी गणेश मिजार लगायतको सहभागीता रहेको थियो ।

साथै आजै बान्नातोलीमा नेकपा परित्याग गरि १६ जना नेपाली कांगे्रशमा प्रबेश गरेका छन । यस्तै नेपाली कांगे्रशका नया क्रियाशिल सदस्यता कार्ड बितरण तथा नविकरण गर्ने कार्यक्रम अन्य वडामा पनि गरिने बताईएको छ ।

ढकारी गाउपालिका वडा नः ७ मा काङ्ग्रेसको कृयाशील सदस्यता बितरण
ढकारी गाउपालिका वडा नम्बर ८ घोडाखादमा नेपाली काँग्रेसको कृयाशील सदस्यता बितरण गरिएको छ ।

आज एक कार्यक्रमका बीच ४० जनालाई क्रियाशिल सदस्यता बितरण गरिएको हो। वडा सभापति खगेन्द्र थापाको अध्यक्षतामा भएको क्रियाशिल सदस्यता बितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका अछामका महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पाटिलाइ बलियो बनाउनका लागि सम्पुर्ण नेता तथा कार्यकर्ताहरुले एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा विशिष्ट अतिथि क्षेत्रीय सभापति लक्ष्मण शाह रहनु भएको थियोे कार्यक्रममा क्षेत्रीय सहसचिव चन्द्र बुढा ,वडा अध्यक्ष पुर्ण सिंह थापा लगाायत नेता तथा कार्यकर्ताको उपस्थित रहेकोे थियो । तरुण दल वडा सभापति उमेश थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन हरिश थापाले गर्नु भएको थियोे ।

यता मङ्गलसैन नगरपालिका वडा न ७ मा पनि कृयाशिल सदस्यता बितरण कार्यक्रम समपन्न भएको छ । वडा सभापति पदम बहादुर थ्यात को सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिब नम बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य नमिता रावल बिस्ट, जिल्ला आमन्त्रित सदस्य लालबहादुर बिस्ट , नगर सहसचिव मदन प्रसाद जैसी, सदस्य कान्त प्रसाद जैसी , शिक्षक सघका बल बहादुर थयायत,अमर खडका ,नेबिसघ का कमल बहादुर खडका, हेम बहादुर साही लगायत ले मन्तवय राखनु भएको थियो ।

जन्मराज जैसी को स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेबि सघ प्रदेश प्रतिनिधि हर्क बहादुर बिस्ट ले गर्नु भएको हो । साथै बैठकले वडा सचिबमा जन्मराज जैसी र सहसचिबमा खकेन्द्र बहादुर शाहिलाइ मनोनित पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker