अछाम जिल्ला आक्रमण : आज १८ वर्ष पूरा

अछाम जिल्ला आक्रमण भएको आज १८ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वका बेला अछाममा भएको यो सबै भन्दा ठूलो आक्रमण हो ।
२०५८ फागुन ४ गते एकै रात जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो । आक्रमणबाट अछामको ऐतिहासिक अछाम दरबार सहित सम्पूर्ण सरकारी कार्यालयहरु ध्वस्त भएका थिए ।
अछाम दरबार ध्वस्त भएको १८ वर्ष भईसकेको छ । दरबार पुनर्निर्माण सुरु भएको ११ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन । दरबारलाई पुरानै स्वरुप दिने उदेश्यले पुनर्निर्माणको काम सुरु भएपनि काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाहीले दरबार अझै अधुरो छ । काठको अभाव देखाउँदै निर्माण व्यवसायीले ढिलासुस्ती गरिरहेको छ ।
अछाम आक्रमणमा तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री सहित १ सय २३ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस