खाद्यान्न र तरकारीको मूल्यवृद्धि आकासियो

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १० प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको पुससम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १० २१ प्रतिशत रहेको देखाएको हो । यही कारण औसत मुद्रास्फीति पनि बढेर ६।८२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धि दर ४।५८ प्रतिशत मात्रै थियो ।
खाद्य पदार्थको मूल्य यसरी बढ्नुमा तरकारीको मूल्य प्रमुख कारण रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो अवधिमा तरकारीको मूल्य ४८।२४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष तरकारीको मूल्य ८ प्रतिशतले घटेको थियो । त्यस्तै, मसलामा १५।०६ प्रतिशत, अल्कोहलमा १०।०४ प्रतिशत, दाल तथा गेडागुडीजन्य पदार्थमा ९।९८ प्रतिशत, फलफूलमा ७।०४ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उता गैरखाद्य वस्तुतर्फ कपडा तथा फुटवेयर सामान तथा शिक्षा क्षेत्रको मूल्यवृद्धि उच्च छ । शिक्षामा ५।९४ प्रतिशत तथा कपडाजन्य वस्तुमा ५।४४ प्रतिशत मूल्य बढेको छ ।
तराई बढी महँगो
पुस महिनासम्मको अवधिमा भएको मूल्यवृद्धिमा तराई क्षेत्रको हिस्सा बढी छ । औसत मूल्यवृद्धि ६।८२ प्रतिशत हुँदा तराईका १९ जिल्लामा ७।४६ प्रतिशत, काठमाडौं उपत्यकामा ७।२४ प्रतिशत, पहाडमा ५।३९ प्रतिशत र हिमालमा ५।०१ प्रतिशत मूल्य वृद्धि भएको देखिएको छ । तराईमा खाद्यान्नको औसत मूल्यवृद्धि ११।५२ प्रतिशत छ भने काठमाडौं उपत्यकामा १०।२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी अत्यधिक मूल्यवृद्धि हुनुमा भारतको मुद्रस्फीति प्रमुख कारणको रुपमा देखिन्छ । भारतीय रिजर्भ बैंकका अनुसार यो वर्ष भारतको मूल्य वृद्धिदर अहिले ७ प्रतिशत माथि पुगेको छ । यो मूल्यवृद्धि दर ६ वर्षदेखिकै उच्च हो । भारतीय सामानका निर्भर रहेका स्थानहरु यो अवधिमा उच्च मूल्यवृद्धिको शिकार भएका छन् । rato pati bata
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस