रामारोशनमा राष्ट्रिय प्रशारण लाईनसँगै लघु जलविद्युतलाई समेत ब्यवस्थापना गछौँः अध्यक्ष साउद

रामारोशन गाउपालिकामा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा बिस्तार गरिएको छ ।
रामारोशन गाउपालिकाको वडा नम्बर १ मलातिकोट सहीत मुजागर बजार र गजबडबजारमा लाईन जडानसँगै विद्युत जलाएर तथा जयगढ रामारोशन सडकको कालोपत्रेका लागि स्थापना भएको क्रसर उद्योगमा समेत लाईन सुचारु सहीत परिक्षण गरेर रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदले बताउनु भयो ।
यसरी यतिबेला अहीले मुख्य बजार राष्ट्रिय लाईनको विद्युत पुगिसकेकाले वडामा जडान भएका लद्यु जलविद्युतलाई ब्याबस्थापन गर्दै अघि बढने उहाँले बताउनु भयो । लघु जलविद्युतहरुलाई समेत राष्ट्रिय प्रशारण लाईनमा जडान गरि अझै ब्याबस्थापनका लागि विद्युत प्राधिकरणसँग समन्वयका साथ अघि बढने उहाँले बताउनु भयो ।
अहीलेको विद्युत बिस्तार परिक्षण स्वरुप भएकाले तार स्टे नछुन र विना सम्पर्क ठुला रूखहरू काटेर लाईनमा नपार्न नेपाल विद्युत प्राधिकरण अछामका प्रमुख विजयराज रेग्मीले आग्रह गर्नु भएको छ । राष्ट्रिय विद्युत लाईनको पहुचमा अब कमलबजार, पंञ्चदेवल विनायक र तुर्माखाद गाउपालिकामा मात्र पुग्न बाँकी रहेकाले त्यहाँसम्म पनि विस्तारलाई अगाडी बढाईने उहाँले बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस