Techie IT

बान्नीगढि गाउँपालिकालाई साक्षर घोषणा गर्न तयारी तिब्र : अध्यक्ष खड्का (कुराकानी)


बान्नीगढि जयगढ गाउँपालिकालाई साक्षर घोषणा गर्न तयारी तिब्र पारिएको छ ।

गाउँपालिकाका ६ वटा वडा साक्षर घोषणा भए संगै गाउँपालिकालाई नै साक्षर पालिका घोषणा गर्न तयारी तिब्र पारिएको हो ।

साक्षर घोषणा गर्न पुरा गर्नुपर्ने १२ वटा सुचाँक पुरा भएसँगै बान्नीगढी जयगढ गाउँपालिकालाई नै साक्षर पालिका घोषणा गर्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनुभयो ।

गाउँपालिकामा रहेका सवै वडाहरुलाई साक्षर घोषणा गरिसके पश्चात जिल्ला समन्वय समितीलाई अनुगमनका लागी पत्राचार गरिसकेको र अनुगमन गरे पश्चात गाउँपालिकालाई यहि फागुन १५ गते भित्र साक्षर घोषणा गर्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष खड्काको भनाई छ ।

यसै बिच आज हामीले साक्षरता घोषणका बिषयमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कासंग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी 
कुराकानी :   राजेन्द्र बहादुर खड्का

 

 


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस