Techie IT

सुदूरपश्चिम सरकार गठन भएको दुई वर्ष पुग्यो : दुई बर्षमा धेरै काम भएको अर्थमन्त्री बोहराको दावी ( कुराकानि सहीत )


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ७ जना मन्त्रीले कार्यकाल सम्हालेको दुई बर्ष पूरा भएको छ ।

२०७४ साल फागुन ५ गते तत्कालिन प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । मुख्यमन्त्रीको सपथपछि प्रतिक्रिया दिदै भट्टले आफुले सुदूरपश्चिम प्रदेशलाई नमुना प्रदेश बनाउने दाबी गरेका थिए ।

त्यति मात्रै होईन सपथ ग्रहण गरेपछि मुख्यमन्त्री सहित मन्त्रीहरुले सुदूरपश्चिमलाई नम्वर एक प्रदेश बनाउने दावी गरेका थिए । तर दुई बर्षको अवधीमा ६६ वटा मन्त्रीपरिषद्को बैठकले नम्वर एक बनाउने कुनै एक निर्णय समेत गर्न नसकेको गुनासो बढ्न थालेको छ ।

भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउदै दण्ड र पुरस्कारको नीतिलाई अवलम्वन गर्दै सुशासन प्रवद्र्धन गर्ने, राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त हाल सञ्चालित महाकाली करिडोर, खुटिया फास्ट ट्रयाक, सेती लोकमार्ग आयोजनाको समयमै गुणस्तरीय तवरबाट सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र प्रदेश स्तरमा अनुगमन संयन्त्र बनाई समन्वयात्मक तवरबाट अनुगमन गर्ने पनि लगायतका उद्धेश्य राखेको सुदुरपश्चीम प्रदेश सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लागेको दिनेश खबरले समाचार लेखेको छ ।

यता शुदुरपश्चिम प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्रि झपट बोहराले भने सरकार गठन भएको दुई बर्षमा थुप्रै काम सम्पन्न भएको बताउनु भएको छ । सरकारले बितेका दुई बर्शमा धेरै जनपक्षिय काम गरेको उहाँले बताउनुभयो ।

बितेको दुई बर्शमा संघियताको जग बसालिएको , समाजबाद उन्मुख अर्थतन्त्रको जग बसालिएको , बिभीन्न बिकास निर्माणका कार्यहरु गरिएको मन्त्रि बोहराले उल्लेख गर्नुभयो । काम गरिरहँदा केही कमी कम्जोरी भएको तर ति कम्जोरी अब नदोहोरिने बताउनुभयो ।

सरकारले आगामी बाँकी कार्यकाल भित्र जनप्रीय काम गर्ने गरि योजना बनाएको मन्त्रि बोहराले बताउनु भएको छ ।

यसै विच सुदुरपश्चिम प्रदेश सरकारको २ बर्षे कार्यकालमा भएका काम कार्वाहिका बिषयमा आज हामीले आर्थीक मामिला तथा योजनामन्त्री झपट बोहरासँग कुराकानी गरेका छौ । कुराकानिको शुरुमा उहाँलाई हामीले बितेको दुई बर्षलाई तपाइ कसरी समिक्षा गर्नुहुन्छ भनेर साेधेका छाैँ ।


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस