दश दिने उद्यमशिलता बिकास तालिम बान्निगढि गाउँपालिकामा सुरु

युवाको क्षेत्रमा लगानी गर्न प्रतिबद्ध छु : अध्यक्ष खड्का

दश दिने उधमशिलता बिकास तालिम बान्निगढी जयगढ गाउँपालिकामा सुरुभएको छ । युवा उधमिहरु लाई ब्यावसाय गर्दा आईपर्ने विभिन्न समस्या समाधानका गर्न, भएका स्रोत साधनको समुचित सदुपयोग कसरी गर्ने र ब्याबसयिक योजना बनाउनको लागि आईपर्ने समस्या हरु लाई समाधान गर्ने उदेश्य सहित तालिमको आयोजना गरिएको हो ।

वडा नम्बर ३ बर्दादेबिका वडा अध्यक्ष कुल बहादुर सेट्टिको अध्यक्षतामा सुरुभएको उधमशिलता तालिममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष खड्काले युवाहरूको क्षेत्रमा लगानी गर्नको लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पालिका भित्र रहेका युवाहरु लाई विभिन्न ब्यावसायहरु सन्चालन गरेर सफल उधमी बनाउनका लागि आफूले निरन्तर रुपमा सहयोग गर्दै आएको बताउनुभयो । उधमशिलता बिकास तालिमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष खड्काले तालिम निकै उपलब्धि भएकोले सिप सिकेर एक असल ब्यावसायी र सफल उधमी बन्नका लागि आग्रह गर्नुभयो ।

उहाले व्यापार ब्यावसाय सबै ब्याक्ती हरुले गर्न नसक्ने भएकाले नहतारिएर आफ्नो आवश्यकता लाई पूरा गर्दै लामो समय सम्म टिक्न सक्नुपर्ने कुरामा जोड दिनुभयो । यसैबीच उहाले तालिममा सहभागी युवाहरु लाई ब्यावसाय सन्चालन गर्दा आईपर्ने समस्या हरु लाई समाधान गर्न पालिका सधै साथमा रहने कुरा उल्लेख गर्नुभयो ।

यसैबिच ब्यावसाय सन्चालन गर्न ईच्छुक ब्यावसायीहरु लाइ योजना लिएर पालिकामा आउन समेत आग्रह गर्नुभयो । फरक प्रसङ्गमा बोल्दै अध्यक्ष खड्काले गाउँपालिकाले सन्चालन गर्ने हरेक बिकास निर्माणका कामहरु लाई सफल बनाउन युवाहरुले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिदै समृद्ध पालिका बनाउन सबै जनप्रतिनिधि र स्थानीय जनताहरुको साथको आवश्यकता रहेको बताउनुभयो ।

घरेलु तथा साना उधोग बिकास समिती अछामको आयोजनामा भएको उद्घघाटन कार्यक्रममा लघु उधम बिकाश अधिकृत महेश क्षेत्री, सहयात्रा नेपालका अध्यक्ष पदम बहादुर शाह, रेडियो रामारोशनका शंकर थापा, रेडियो अछामका अमर धामी लगायत विभिन्न उधोगहरुमा आबद्ध उधमिहरुको सहभागिता रहेको छ ।

सस्थाका नायब सुब्बा प्रकाश उपाध्यायले कार्यक्रमको बारेमा बिस्तृत जानकारी सहित स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन उधम बिकास सहजकर्ता चेतराज पनेरुले गर्नुभएको थियो । तालिम फागुन १४ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker