Techie IT

उच्च अदालतकी न्यायधीसको गाडीमा आगलागी


कञ्चनपुरमा उच्च अदालतकी न्यायधीसको गाडीमा एक्कासी आगो लागेको छ। उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासकी मुख्य न्यायधीस शारङगा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको हो।

भीमदत्त नगरपालिका वडा नम्वर ३ स्थित बिपिन पेट्रोल पम्प नजिकै गुडिरहेको अवस्थामा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरज कार्कीले बताए।

भीमदत्त नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताउँदै प्रहरी निरिक्षक कार्कीले गाडीको भित्री भागमा क्षती भएको बताए।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस