छाउगोठको अबस्थाबारे मंगलसेन नगरपालिकाले थाल्यो सघन अनुगमन

मंगलसेन नगरपालिकाका १४ वटै वडामा पहिलो चरणमा असुरक्षित छाउगोठ भत्काईसकेपछि दोस्रो चरणमा छाउगोठको अबस्थाबारे सघन अनुुगमन सुरु भएको छ । नगरपालिकाबाट खटिएको अनुुगमन टोलि, टोल बिकास संस्था, आमा समुह, महिला स्वास्थ्य स्वयम सेविका, प्रहरी, पत्रकार सहीतको टोलिले आज नगरका ३ वटा वडामा स्थलगत अनुुगमन सहीत टोलमा अन्तरक्र्रिया गरेको छ ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा नेतृत्वको टोलिले वडा नम्बर ३, उपप्रमुख सरिता उपाध्यायको नेतृत्वको टोलिले वडा नम्बर ४ र वडा नम्बर ८ का अध्यक्ष हिरेण्ड बहादुर बोहराको नेतृत्वको टोलिले वडा नम्बरमा ५ मा सघन अनुुगमन गरेको हो ।

अनुुगमनको क्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले गोठ भत्काउने अभियानमा सबै एकमत भएकाले क्रमिक रुपमा सुधार हुदै जाने बताउनु भयो । अझै मानसिक रुपमा चेतनामा सुधार आउन नसकेकाले क्रमिक रुपमा सुधार हुुदै जाने बताउनु भयो । १ देखि १४ वटै वडामा फागुन १५ गते भित्र सघन अनुुगमन गरि बाँकी रहेका असुरक्षित गोठ अन्त्य गरि मात्र नगर घोषणा गरिने बताउनु भयो ।

यसैबिच वडा नम्बर ४ मा अनुगमन टोलिका संयोजक नगर उपप्रमुख सरिता उपाध्यायको नेतृत्वमा गएको टोलिले बस्न प्रयोग गरीएका ५ वटा असुरक्षित गोठ भेटीएका निष्कर्ष निकालेको छ । जसमा २ गोठ भत्काईएका छन भने बाँकी गोठ भत्काउनका लागि अनुगमन टोलिले सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker