भोली नेपाल बन्दको हल्ला : यस्ताे छ वास्तविकता

केपी ओली नेतृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरेको हो । शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धो का दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक विज्ञप्ति जारी गर्दै नेपाल ब न्दको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष केशवले माघदेखि चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला दहन गर्ने, माघ २७ गते मशाल जुलुस बताइएको छ ।

यस्तै एमसीसीको बिरुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत संघर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यत्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker