नेपाल ‘कोरोना फ्री जोन’ पर्यटक तान्न चीनका मिडियामा विज्ञापन दिइने

चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ ।
सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको संदेश प्रवाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको विज्ञापन पनि प्रकाशन/प्रसारण गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन ५ बुँदे निर्देशन दिनुभएको छ ।
नेपाल कोरोना मुक्त क्षेत्र रहेको श्रब्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा ३ दिनभित्र तयार गरेर व्यापक प्रचार-प्रसार गर्न मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।
यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेवसाइटमा राखिनेछ ।
यस्तै चीनले सामना गरिरहेको सामनाप्रति ऐक्यवद्धता जनाउँदै यो संकट समाधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गराउन मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।
यस्तै वैकल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ । प्रमुख पर्यटन बजारबाट सेलिब्रेटी, खेलाडी र सञ्चारकर्मीलाई नेपाल घुमाएर प्रचार गर्ने र नेपाल उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।
उज्यालाे अन्लाइनबाट साभार
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस