निजगढमा विमानस्थल बनाउन राज्यलाई बल प्राप्त भएको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ मा उत्पादन र पर्यटनका थुप्रै सम्भावना रहेको बताउनुभएको छ ।
रौतहटको मौलापुरमा मधानी महायज्ञको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धनलाई जोड दिएर समृद्ध प्रदेशको आधार बन्न सक्ने बताउनुभयो ।
रौतहट पूर्व पश्चिम राजमार्गसँग जोडिएकाले यहाँ पर्यटन पूर्वाधार बनेमा पर्यटकको आकर्षण झनै बढ्ने राष्ट्रपति भण्डारीको भनाइ छ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेमा विदेशी पर्यटक आउन सहज हुने उहाँले बताउनुभयो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीयले गरेको सहयोगले राज्यलाई बल पुगेको उहाँको भनाइ छ ।
‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीयको साथ र सहयोग रहेको पाइएको छ, यसले राज्यलाई बल प्राप्त भएको छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाज, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस