Techie IT

युवाहरुलाई स्वरोजगार बनाउने चौरपाटि गाउँपालिका अध्यक्ष साउदको दावी


चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले युवा र पछाडी पारिएका जनतालाइ विभिन्न कार्यक्रम मार्फत स्वरोजगार बनाईने बताउनु भएको छ ।

गाउँपालिकामा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले युवाहरुलाई स्वोरोजगार बनाउनु नै चौरपाटी गाउँपालिकाको मुख्य उदेश्य रहेको बताउनु भएको हो ।

सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा वाक नेपालद्वारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाले सन २०१९ सप्पन्न क्रियाकलापको समिक्षा यस बर्षमा गरिने त्रियाकलाबारे जानकारी गराउन आयोजीत कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष साउदले विभिन्न साझेदार संघ संस्था सगको साझेदारीमा युवाहरूलाई सिपमुलक तालीम दिएर रोजगारीको सृजना गरेको दावी गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष माया कुवर वाक नेपालका मीनबहादुर कुवर लगायतका अथिति रहनु भएको थियो । वाक नेपालको बुलगारी परियोजनाले प्रस्तुत गरेको प्रतिबेदन अनुसार कुखुरा , बाख्रा पालन सिलाइकटाइ,मोबाइल,गाडी मर्मत ,खाजा बनाउने र तरकारी सम्बन्धि गरि ९६ जनालाइ उता १ सय ८ जनालाई सिपमुलक तालिम लिएको जनाकारी गराईएको थियो ।

चौरपाटी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद जैशी ढुंगाना,वडा अध्यक्ष,कार्यपालिकाका सदस्य लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन वाक नेपालका टेकेन्द्र परियारले गर्नु भएको थियोे ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस