प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको बाँकी कैद मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ कैदीको बाँकी कैद मिनाहा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको हो । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागू हुने गरी कैदीको कैद मिनाहा गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्नुभएको हो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker