Techie IT

गाउँपालिका अध्यक्ष खड्कालाई स्थानीयको प्रश्न : तपाई अध्यक्ष कि म’दिरा ठेकेदार


बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई स्थानीय राम बहादुर साउँदले सामाजीक सँजाल मार्फत खुला प्रश्न गरेका छन । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का स्थानीय राम बहादुर साउँदले गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई तपाई गाउँपालिका अध्यक्ष कि म’दिरा ठेकेदार ? भन्दै सामाजीक सँजालमा प्रश्न गरेका हुन ।

स्थानीय राम साउँदले समाजीक सँजाल फेसवुकमा गाउँपालिका अध्यक्ष राजेन्द्र खड्कालाई लेखेको खुला प्रश्न यस प्रकार छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीलाई यहि फागुन २ गते साक्षर वडा घोषणा गर्न आयोजीत औपचारीक कार्यक्रममा मैले नेकपा पार्टिका तर्फबाट वडालाई शाक्षर घोषणा गरिदै गर्दा यस वडामा साक्षरहरुको अवस्था के कस्तो छ,बान्निगढिका ६वटै वडा साक्षर घाेषणा हुदैछन।ती वडाहरु पुर्ण रुपमा साक्षर घोषणा भएका हुन कि हाेईनन् ।यसकाे लागी गा पा सरकारले विशेष अनुगमन गर्न जरुरी छ ।तथा साक्षर घोषणासँगै अव यस गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्न जरुरी रहेको र वडा नं.३ काे सरस्वती मा वी लाई नमुना बिधालय अब भाषणमा मात्रै हाेईन।वास्तविकमा नमुना बिध्यालय बनाउनु पर्छ। बि’कृ’तीका रुपमा रहेका बिभिन्न प्रथाहरुलाई न्युनिकरण गर्दै लैजानुपर्छ ,र छाउ’प्रथाकाे अन्त्य गरिनुपर्छ । कमशल म’दिराका कारणले कैयौं मानिसले ज्या’न गु’माएका छन् । यसै म’दिराको कारणले गाउँ घरमा हुने ,घरेलुु हिं’सा झैझ’गडा ,काेलाहल र विभिन्न घट्नाहरु भैइरहेका छन् ।त्यसकारण यश म’दिरालाई नियन्त्रण गर्न वा पुर्णतया बन्द गर्न, गाउँपालिका सरकारकाे ध्यान हुनुपर्छ , भन्नेमा जोड दिदै शुभकामना तथा सुझाव मन्तव्य प्रस्तुत गरेको थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अथिति हुनुहुन्थ्यो । गाउँपालिका सरकारको प्रमुख जस्तो गरिमामय पदमा रहेका खड्कालाई मैले नेपाल कम्युनिस्ट पार्टिको प्रतिनिधिका रुपमा सुझाव तथा शुभकामना दिएको कुरा पचाउन भने निकै मुस्कील परेछ ।

जिल्लाका अन्य स्थानीय तहले कमशल म’दिराका कारण सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै कमशल म’दिरा पुर्ण रुपमा प्रतिवन्ध लगाएको अवस्थामा बान्नीगढीमा पनि कमशल म’दिरा प्रतिवन्ध गर्न मैले दिएको सुझाव उहाले आफुलाई गाउँपालिका सरकारको प्रमुख नभई मदिरको ठेकेदारका रुपमा ग्रहण गर्नुभयो ।

सर्वजनिक रुपमा पद धारण गरेर गाउँपालिका सरकारको प्रमुखका रुपमा निर्वाचित भईसकेको लामो समय सम्म पनि उहा अझै अपरिपक्क र म’दिराको ठेकेदारका रुपमा प्रस्तुत हुदै मेरो व्यक्तिगत जीवनलाई जोडेर बिभिन्न आरोप प्रत्यारोप लगाउन व्यस्त भएको देखेर मलाई उहाको क्षमता र चरित्र देखेर दया लागेर आएको छ ।

एउटा गाउँपालिका सरकारको प्रमुख पटक पटक कमशल म’दिरा बिक्रि बितरणको पक्षमा उभिनुले उहामाथी पश्न चिन्ह खडा नभई मदिरा ठेकेदारको मानसीकता कायम छ भन्ने प्रष्ट नै भईसकेको छ ।

उहालाई स्मरण रहोस :
कमशल म’दिरा प्रतिबन्ध गर्न हाल सम्म भएका त्रियाकलाप ।
१)२०७६ वैशाख २५ गते कार्यपालिका काे बैठकबाट बहुमतले पारित।
२)२०७६जेठ१४गते नागरिक समाजले गरेको विरोध र्याली,।
३ )२०७६ जेठ २०मा उहाँको अध्यक्ष्ातामा बसेकाे कार्यपालिका काे बैठकमा कार्यविधि बनाएर कमशल म’दिरालाई बन्द गर्ने निर्णय पारित ।
४)गाउँ पालिकाकाे सार्वजनिक सुनाई कार्यक्रममा वरिष्ठ समाजसेवी तिलकबहादुर खत्री र ने क पा नेता कमल तिमिल्सिना र अधिकांश जनताको माग।
५)२०७४काे स्थानीय चुनावको लगत्तै जिल्ला सम्वनय समिति काे अायाेजनामा र जिल्ला प्रहरी अछाम काे सहकार्य मा अछामका १०वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुकाे बसेकाे बैठकबाट निर्णय पारित ।
६)अछामका अरु विभिन्न स्थानीय तहहरु मा धरेलु र पलास्टिक बन्द मदिरालाई जप्त गरि नष्ट गरिएको।

म’दिरा सम्वन्धी यति धेरै क्रियाकलापहरु हुदा पनि मदिराको पक्षमा उभीनु तपाईलाई किन लाज नलागेको हो ?
तपाई एउटा गाउँपालिका सरकारको प्रमुखको रुपमा उभिएर बोल्न सक्ने क्षमताको बिकास कहिले राख्नुहुन्छ ?
म’दिराका र अन्य बिषयमा आएका सुझाव ग्रहण गर्नुका साटो मलाई निम्न लिखित लगाईएका आरोपको पुष्टि गर्न चुनौती दिन्छु ।
अध्यक्ष खड्काले लगाएका आरोपहरु
१)सरस्वती मन्दिरको काे खाल्डो मैले बनाएकाे हाे रे?
स्टेमेट कस्ले बनाएकाे हाे? स्टेमेट कुन गाउँ पालिकाका ईन्जिनियर ले बनाएकाे हाे?स्टेमेट अनुसार काम गरे वाफत भुक्तानी कस्ले दियो ?सरस्वती मन्दिर कुन गाउँ पालिकामा पर्छ?त्यो गाउँ पालिका प्रमुख काे हाे?यदि मैले भ्रष्टाचार गरेको भए कारवाही किन गरिएन?
२)मेरो म’दिराको शुल्क कसै अन्य व्याक्तीले तिरेको छ रे ?
त्यो कुन व्याक्ती हाे?कति तिरेको छ?
म एक अाम नागरिक हु मैले व्यावसाय गर्न पाउछु कि पाउँदिन ? बान्निगढि जयगढ गाउ पालिका सरकारले म’दिरा बन्द गरिसक्दा पनि मैले मदिरा बेचिरहेकाे छु कि?

तपाईलाई मैले गाउँपालिका सरकारको प्रमुख भएका कारणले म’दिरा लगायत थुप्रै बिषयमा सुझाव दिएको हु , न कि तपाईलाई म’दिराको ठेकेदार सम्झेर । तर कार्यक्रमको प्रमुख अथिति जस्तो आसनमा बसेर मेरो व्यक्तीगत कुराहरुलाई जोड्दै खुला रुपमा कमशल म’दिराको बचाउमा बोलेर तपाईको क्षमता तथा चरित्र त प्रष्ट त भइ नै सकेको छ । तर मलाई व्यक्तीगत रुपमा लगाईएका आरोप समयमै पुष्टि गर्न चुनौती दिन चाहान्छु ।र मलाई पनि तपाईका व्याक्तिगत जिवनका कुराहरू जानकारी भएकाे अवगत गराउन चाहान्छु।तर मलाई कसैकाे व्याक्तिगत जिवनमा गएर अज्ञानी बन्नु छैन्।

अन्तिममा मेरो प्रश्न तपाईलाई :- तपाई गाउँपालिका अध्यक्ष कि म’दिरा ठेकेदार ?
गाउँपालिका अध्यक्ष हो भने आम नागरिक तथा सर्वसाधारण,राजनीतिज्ञबाट आउने सुझाव सकारात्मक रुपमा ग्रहण किन नगर्ने ?
यदि तपाई म’दिरा ठेकदार नै हो भने खुला रुपमा भन्नुस म म’दिरा ठेकेदार हो भनेर ।
कृपया यस बिषयमा म लगायत सवै गाउँपालिकाबासीलाई प्रष्ट पार्नुहोला ।

धन्यवाद
नेपाल कम्युनिस्ट पार्टी(नेकपा )
सचिव
राम बहादुर साउद
बान्निगढि जयगढ गाउँ पालिका
वडा नम्बर ३काे
संगठन कमिटी


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस