Techie IT

रानीवन एक कार्यक्रमका बिच छाउ गोठ मुक्त घोषणा


तुर्माखाँद गाँउपालिका वडा नं ६ रानीवनलाई एक कार्यक्रमकाबिच छाउ गोठ मुक्त घोषणा गरिएको छ ।

सुरक्षित महिनावारी सुरक्षित घर अब छैन कसैको डर भन्ने मुल नाराका साथ वडालाई आज छाउगोठमुक्त गरिएको हो ।

वडा अध्यक्ष मुक्तिनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि तुर्माखाँद गा पा कि उपाध्यक्ष अमृता बुढा रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाले अब रानिबनका महिलाहरुका छाउगोठमा बस्ने गएका र ति दिनहरु कहिल्यै फर्किएर नआउने बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस