सन्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सो कुराको पुष्टि गरे ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सन्चारमन्त्रीको राजीनामाबारे जानकारी गराएका हुन् । त्यसअघि, प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले यस प्रकरणलाई लिएर संसद बैठक अवरुद्ध गरेको थियो ।
कांग्रेसले मन्त्री बाँस्कोटले ७० करोड रुपैयाँ घुस मागेको प्रकरणमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेको हो ।
कांग्रेस बैठक चल्न नदिने अडान राखेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी सदनलाई गराएका हुन् ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस