भोली बैद्धनाथमा लाग्ने माहाशिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा , दश हजारभन्दा बढीले दर्शन गर्ने अनुमान

बैद्धनाथ धाममा भोली लाग्ने माहाशिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
भोली बिहानदेखी लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा भएको बैद्धनाथ क्षेत्र संरक्षण तथा गुठी ब्यावस्थापन समितीका सचिब तथा बैद्धनाथ बेद बिद्याश्रमका प्राचार्य देबराज उपाध्यायले जानकारी दिनुभयो । भोली बिहान चार बजे मन्दिरको मुल ढोका खोलेर दर्शन तथा पुजा कार्य शुरु गरिने उपाध्यायले बताउनुभयो ।
थानबासो गर्ने केही भक्तजनहरु आजै मन्दिरमा पुगीसकेका छन् । दर्शनकालागी भारतको हरिद्धारबाट सन्तहरुपनि पुगीसकेका बैद्धनाथमा पुगी सकेकाछन् । यसपटकको माहाँ शिबरात्री मेलाामा दश हजारभन्दा बढीले दर्शन गर्ने अनुमान गरिएको पनि गुठी ब्याबस्थापन समितीका सचिब उपाध्यायले उल्लेख गर्नुभयो ।