बर्तमान सरकार अधिनायकवादी बन्दै : काँग्रेस नेता बडु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनको लक्षण निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी देखिएको आरोप लगाउनु भएको छ ।
ढकारी गाउपालिकामा काँग्रेसको क्रियाशिल सदस्यता नवीकरण तथा बितरण कार्यक्रममा बोल्दै नेता बडुले संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको भएपनि यी सबै सिद्धान्तमाथि प्रधानमन्त्री ओलीबाट आक्रमण भईहेको आरोप लगाउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथी प्रतिनिधि सभा सदस्य सासद राम बहादुर बिस्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई उन्मुक्ति दिएको प्रति आलोचना गर्नु भएको छ । यस्तै कार्यक्रमका अर्का बिशिस्ट अतिथी नेपाली काङ्ग्रेसका जिल्ला सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेसलाई अछाममा शक्तीशाली बनाउन काङ्ग्रेसका जनप्रतिनिधिले जनता र पार्टिको हितमा काम गर्नुपर्ने बताउनु भयो ।
गाउपालिका सभापति धन बहादुर बुढाको सभापतित्व मा भएको कार्यक्रममा नेपाली काङ्गेशका पुर्व पार्टी सभापती पुस्प बहादुर शाह, जिल्ला समन्वय समितिका उप प्रमुख टोप बहादुर रावल, नेपाल विद्यार्थी संघका जिला सभापति नृप बहादुर साउद लगायतका अथिति रहनु भएको थियो ।