Techie IT

यस्तो छ आगामी सोमबार सम्मको मौसम पूर्वानुमान


मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। साथै पुर्वी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिन जारी गर्दै महाशाखाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

फागुन १० गते (शनिबार)
दिउँसो देशको पुर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती पहाडी भेगमा आँशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ।

फागुन ११ गते (आईतबार)
दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन १२ गते (सोमबार)
दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राती देशको मध्य तथा पुर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भूभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। dineshkhabar


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस