थामिएन बला’त्कार ,दैनिकि ६ बालिका यो’न पिपासुका मुख्य सिकार

अधिकांश पीडित बालिका

बलात्कारका घटना दैनिकी जसो सार्वजानिक हुन थालेपछि नेपालमा करिव ६ जनाको संख्यामा दैनिकी जसो बलात्कार हुने गरेको देखिएको छ ।
बलात्कारका घटनामा अधिकांस बालिका याैन पिपासुका मुख्य सिकार हुने गरेका छन ।

डडेलधुराको गन्यापधुरा गाउँपालिकाकामा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक बाबुलाई प्रहरीले पक्राउ गर्‍यो।

आफूलाई डर देखाई ६–७ महिनादेखि बलात्कार गर्दै आएको १६ वर्षीय छोरीले प्रहरीमा जाहेरी दिएपछि बाबुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।

डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार डडेलधुरा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

पत्नीले केही वर्षपहिले नै आत्महत्या गरेको र आमासमेत छोराको व्यवहारले दिक्क भएर तराई झरेको बेला घरमा छोरीलाई बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

झापाको बुद्धशान्ति गाउँपालिकामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही गाउँपालिका–२ गोपलाडाँडाका कमल भन्ने २९ वर्षीय दिलकुमार कामीलाई प्रहरी पक्राउ गर्‍यो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

गुल्मीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–७ बस्ने ३१ वर्षीय चुराबहादुर राना, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ, बडिगाड गाउँपालिका–४ बस्ने १९ वर्षीय सनु दगामी घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

मुसिकोट–७ की एक किशोरीलाई सामूहिक बलात्कार गरेको जाहेरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरी गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।

कैलालीको घोडाघोडी नगरपालिका–१ मा १४ वर्षीया बिरामी किशोरीलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोगमा ४५ वर्षीय हरिप्रसाद डगौरालाई प्रहरीले पक्राउ गरेको छ।

आँखामा देखिएको समस्या समाधानका लागि झारफुक गर्न गएको बेला मन्दिरमा नरिवल चढाउने बहानामा डगौराले घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको किशोरीले प्रहरीमा जाहेरी दिएकी छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यी पछिल्लो सातामा घटेका प्रतिनिधिमूलक घटना हुन्। बलात्कार र बलात्कार प्रयासका घटना दिनहुँ बढिरहेका छन्।

प्रहरीको तथ्यांक अनुसार औसतमा दैनिक ६ बालिका तथा महिला बलात्कृत भइरहेका छन्, जसमा बालिकाको संख्या बढी छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९साउनदेखि पुससम्म० देशभर १ हजार ७९ बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन्। यसमा पीडित बालिकाको संख्या ६ सय ७८ छ भने महिला ४ सय १२ पीडित भएका छन्।

पीडित बालिकामध्ये पनि ११ वर्षभन्दा कम उमेरका बालिकाको संख्या १ सय २८ छ। प्रहरीमा दर्ता भएको यो मुद्दाको संख्याले पनि बलात्कारबाट बालिका नै बढी पीडित हुने गरेको पुष्टि गर्छ।

प्रहरीका अनुसार परिवारकै सदस्य, नजिकका नातेदार, चिनेजानेकै मान्छेबाट पनि बालिका तथा महिला बलात्कृत हुने गरेका छन्। यसले आफन्तबाटै बालिका तथा महिला सुरक्षित छन् भन्ने देखाएको छ।

मुद्दाको संख्या सबैभन्दा धेरै प्रदेश १ मा २ सय ३७ छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७४ घटना दर्ता भएका छन्।

नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा २ हजार २ सय ३० महिला बलात्कृत भएका छन्। ७ सय ८६ महिलामाथि बलात्कार प्रयास भएका छन्। यो तथ्यांक बर्सेनि बढ्दो छ। आर्थिक वर्ष ०७१र०७२ मा बलात्कारका ९ सय ८१ मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०७४र७५ मा देशभर झन्डै १ हजार ५ सय बलात्कारका घटना दर्ता भएका थिए। यो अवधिमा बलात्कार प्रयास भएको भन्दै करिब ७ सय उजुरी प्रहरीकहाँ परेका थिए।

नेपालमा बालअधिकार हनन्का घटनामध्ये सबैभन्दा बढी बलात्कार र यौन हिंसा हुने गरेको माथिको तथ्यांकले पनि पुष्टि गर्छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले तयार गरेको वार्षिक प्रतिवेदनले बालबालिकामाथि हुने विभिन्न खाले हिंसामध्ये यौन हिंसा एवं बालिका बलात्कारका घटना सबैभन्दा बढी देखिएको हो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव मनमाया पंगेनी बलात्कारका घटना पहिलेभन्दा बढेको नभएर घटना बाहिर आउने क्रम बढेको बताउँछिन्।

“पहिले बलात्कारका घटना समाजमा लुकाएर राखिन्थ्यो । तर, अहिले पीडित खुल्नेक्रम बढेको छ,” पंगेनीले भनिन्, “आम मानिसमा चेतनाको अस्तर बढेपछि घटना खुल्न थालेका हुन्।”

पंगेनीको बुझाईमा पछिल्लो समय सूचना प्रविधिको विकाससँगै त्यसको दुरुपयोगले बलात्कारका घटना बढेका छन्। किशोर किशोरी अवस्थामा नै यौन शिक्षाका बारेमा जानकारी दिने र मनोपरामर्श सेवा दिनसके बलात्कारका घटनामा कमी आउने उनले बताइन्।

नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी शैलेश थापा क्षेत्री भने बलात्कारका घटना पहिलेको भन्दा बढ्दै गएको बताउँछन्।

“बलात्कारका घटनाको संख्या पनि बढेको छ र पहिलेको भन्दा रिपोटिङको संख्या पनि बढेको छ,” थापाले भने,“महिलामा जागरुकता बढ्नुले नै घटना बाहिर आएका हुन्।”

प्रहरीसँग जनताको पहुँच र विश्वास दुबै बढेकै कारणले पीडितहरू न्यायका लागि आउने गरेको थापाको दाबी छ।

प्रहरी पनि बलात्कारका विषयमा गम्भीर बनेको थापाले बताए। अन्य अपराधभन्दा फरक प्रकृतिको हुने भएकाले बलात्कारका घटना रोकथाम गर्नु चुनौतीपूर्ण भएको थापाले बताए। नेपाल समय

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker