Techie IT

शैक्षिक बिकासका लागी पञ्चदेवल सरकार संधै अग्रसर रहने : नगर प्रमुख देवकोटा


महेश रिमाल,अछाम

मंगलेश्वरी आधारभुत बिद्यालय कुईकाको अभिभावक भेला सम्पन्न भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर १ कुईकाको मंगलेश्वरी आधारभुत बिद्यालयमा ९ औँ अभिभावक भेला सम्पन्न भएको छ ।

बिध्यालय व्यावस्थान समिति अध्यक्ष गङ्गा राम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देबकोटा प्रमुख अतिथि रहनु भएको थियोे ।

प्रमुख अतिथीको रुपमा बौल्दै नगर प्रमु देवकोटाले अभिभावक र शिक्षक बिच पारसपारिक समन्ध कायम भए मात्रै शिक्षा क्षेत्रमा गुणात्मक परिबर्तन आउन सक्ने बताउनु भयो । आफ्ना छोराछोरीले बिद्यालयमा असल शिक्षा आर्जन गरे नगरेको जाँच बुझ गरिरहनु अभिभावकको मुख्य जिम्मेवारी रहेकाले बिद्यालयका हरेक गतिबिधि तथा आफ्ना बालबालिकाको बिषयमा निगा्रनी राखिरहन उहाँले आग्रह गर्नु भयो ।

फरक प्रसंगमा बोल्दै उहाँले मंगलवरी आधारभुत बिद्यालयमा जिर्ण भवनको मर्मतका लागी नगरपालिकाद्धारा पहल गर्ने र शैक्षिक बिकासका लागी पञ्चदेवल बिनायक नगरपालिका संधै अग्रसर रहने नगर प्रमुख देवकोटाले उल्लेख गर्नु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी वडा नम्बर १ कुईकाका वडा अध्यक्ष लक्ष्मीकान्त देवकोटा रहनु भएको थियोे । अन्य अतिथि हरुमा नेकपा जिल्ला कमिटी सदस्य तिर्थ ढकाल , नेपाली काङ्ग्रेस वडा सभापती दुर्गाप्रसाद तिमिल्सैना ,समाजवादि पार्टीका पदम देवकोटा ,माओवादी केन्द्रका खगेन्द्र तिमिल्सैन, विभिन्न विध्यालयका प्र अ , सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी सरोकारवालाहरु लगायत अभिभावकको सहभागिता रहेको थियो ।

 

भेलामा २८ लाख ५० हजार बराबरको आय ब्याय बिध्यालयका प्रधानाध्यापक शिव राज तिमिल्सैनाले प्रस्तुत गर्नु भएको थियो । पुरानो व्याबस्थापन समिती बिगठन गरि वडासदस्य इन्द्रणि तिमिल्सैना अध्यक्षतामा व्याबस्थापन समिती गठन समेत गरिएको छ। सुर्य ढकाल ,निर्मला तिमिल्सैना,पाना तिमिल्सैना,सुशील ढकाल, रमिला ढकाल सदस्य रहने गरि नया व्यवस्थापन समिती गठन गरिएको छ ।

विध्यालयका शिक्षक मिठुमाया सिग्देलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक जनक कुमार तिमिल्सैनाले गर्नु भएको थियो ।

 


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस