प्रधानमन्त्री ओलीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।
ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।
उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो।
रोचक त के छ भने प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएकाे दावी गरिएकाे । यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जमा प्रधानमन्त्री ओलीको चर्को आलोचन समेत भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस