Techie IT

युवा बर्ष आधारभुत बिद्यालय बिनायकको अभिभावक भेला सम्पन्न


केशव अधिकारी,अछाम

युवा बर्ष आधारभुत बिद्यालयको अभिभावक भेला सम्पन्न भएको छ ।

पन्चदेवल विनायक नगरपालिका ३ बिनायकको यूवा वर्ष आधारभूत विद्यालयको सातौँ अभिभावक भेला आज एक समारोहका बिच सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितीका कार्यबाहक अध्यक्ष उज्जिरसिँह रोकायको अध्यक्षतामा भएके कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुरेन्द्र कुमार शाही प्रमुख अतिथी रहनुभएकोथियो ।

प्रमुख अतिथीको आसन बाट बोल्दै वडाध्यक्ष शाहीले वडा नम्बर ३ मा नमूना माद्यामिक विद्यालय ,एक निम्न माद्यामिक विद्यालय र दुई वटा प्राथमिक तहका विद्यालय रहेकोले शिक्षा क्षेत्रमा आफुले यूवा वर्ष आधारभूत विद्यालयलाई गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलसिँह नेपाली विशिष्ट अतिथी रहनुभएकोथियो । विशिष्ट अतिथीको आसनबाट बोल्दै शिक्षा शखा प्रमुख नेपालीले नगरपालिकाको शिक्ष शाखाले कुनैपनि विद्यालयलाई काखा पाखा नगरेर सम्पूर्ण विद्यालयलाई समान व्यवहार दिलाउन आफु र शिक्षा शाखा प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा पन्चदेवल विनायक नगरकार्यपलिका सदस्य मिरा नेपाली,नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी अछामका सदस्य वखत बहादुर कडायत,नेपाली काँग्रेसका नेता रतन बहादुर शाही,भुपु शिक्षक प्रेम बहादुर धामी,तारा शाही,जगत नेपाली,रेडियो पन्चदेवलका वजार व्यवस्थापक केशबराज अधिकारी,महिला प्रतिनिधी शान्ती रोकाय लगायतका अतिथीहरु रहनुभएकोथियो ।

विद्यालयको आ.व. ०७५÷७६को वार्षिक प्रतिवेदन शिक्षक अभिभावक सँघका अध्यक्ष रतन बहादुर शाही र आ.व. ०७६÷७७ को प्रतिवेदन विद्यालयका प्रधानाध्यापक भरत प्रसाद चौधरीले प्रस्तुत गर्नुभएकोथियो । कार्यक्रमा विद्यालयका पूर्व शिक्षक प्रेम बहादुर धामी,तारा शाही,जगत नेपालीलाई दोसल्ला , खादा र अविरले सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितीको पूनर्गठन गर्नुपर्ने भउतापनि विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा आकाङ्क्षी धेरै भएपछि यो समाचार तयार पार्दा सम्म नयाँ विद्यालय व्यवस्थापन समिती गठन हुन सकेको छैन । शिक्षक गोविन्द बहादुर रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस