शिक्षाको जग बलियो बनाउन प्रारम्भिक तहमा लगानी गर्न आवश्यक : उपाध्याक्ष कुँवर

चौरपाटी गाउँपालिका उपाध्याक्ष माया कुँवरले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक तहमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।
आज चौरपाटीमा एकिकृत प्रारम्भिक बालविकास योजनाको पुनरावलक तथा नव योजना तर्जुमा कार्यशाला गोष्ठिको समापन कार्यक्रममा वोल्दै उपाध्याक्ष कुँवरले बालबालिकाको बृद्धि विकास प्रारम्भिक तहको उमेर मै हुन भएकाले वालवालिकाको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले बालवालिकाको क्षेत्रका लागि प्रत्येक बर्ष गाउँपालिकाले वजेट छुट्याए पनि प्राप्त हुन नसकेको धन्दै आगामि आर्थिक बर्ष देखि बालबलिकाकालाई उच्च प्राथमिकताका साथ वजेट छुटयाईने बताउनु भयो । गोष्ठिमा वालवालिकाको क्षेत्रमा गाउँपालिकाले गरेका क्रियाकलाप र आगामी रणनितिको बारे छलफल गरिएको थियो ।
चौरपाटी गाउँपालिकाको आयोजना तथा सेतो गुँरास वालविकास केन्द्रको सहयोगमा आईतबार देखि गोष्ठि सुरु भएको थियो । गोष्ठिमा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगाना, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । गोष्ठिको सहजिकरण सेतो गुराँस वालविकास केन्द्रका सिनियर ट्रेनर शसि विसिले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस