Techie IT

जीप कर्णाली नदीमा खस्दा चालकको ज्यान गयो


कालीकोटको रास्कोट नगरपालिकाबाट जितेगडाका लागि छुटेको जीप कर्णाली नदीमा खस्दा एक जनाको ज्यान गएको छ ।

मङ्गलबार बिहान यात्रु झारेर लु १ ज ४१४१ नम्बरको जीप फर्काउने क्रममा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस