अडियो प्रकरणलाई लिएर गगन थापाद्धारा प्रधानमन्त्रीको राजीनामा

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् रु’ थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’
‘प्रधानमन्त्रीले के भन्छन् भन्ने थाहा नभए पनि आसेपासेहरुले थाहा थिएन भन्न थालेको उनले सुनाए । ‘प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने रु’ उनले भने, ‘पत्याउने हो भने हाम्रो प्रश्न रहन्छ, सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ रु’
‘सेक्युरिटी प्रिन्टिङ प्रेससँगै फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापनालगायतका ठेक्काबारे सबै कुरा थापा भए पनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बास्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन्, सांसद थापाले भनेका छन् ।
प्रधानमन्त्रीले पटकपटक भ्रष्टाचारीको अनुहार हेर्दिन भनेको भन्दै उनले अहिले नागरिकहरुले बालुवाटारमा ऐन छ कि छैन भनेर मेत प्रश्न गर्न थालेको उनले सुनाए । नेकपा नेताहरुले प्रधानमन्त्री र भ्रष्टाचारबारे ठूलो स्वरले बोल्न नसके पनि आफूहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको भन्दै उनले भने, ‘संसदको लबीमा भेट्दा कहिलेकाँही कानेखुसी गरेर हामीलाई भन्छन्, हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादी जस्तो देखिनुहुन्थ्यो । बीचमा समाजवादी जस्तो देखिन थाल्नुभयो । आजभोलि यताबाट हेरेपनि उताबाट हेरे पनि यतीवादी मात्रै देखिनुहुन्छ भन्नुुहुन्छ । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ रु’
उनले संविधान संशोधनबारे प्रश्न गरे । एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउँदा प्रधानमन्त्री कमजोर देखिएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ रु ‘देखिँदाखेरी सुरो, यथार्थमा बिचरो’ भन्दैछन्, तपाईंलाई थाहा छ रु’,
प्रधानमन्त्रीको जन्मादिन व्यक्तिगत विषय भएको तर यसले कतिपयको पूर्वराजा र भारदारहरुको न्यास्रो मेटाएको उनले बताए । ‘उहाँहरु, हामीलाई २०६०र२०६१ को ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्नुहुन्छ । पूर्वराजा यसरी नै हिडिबक्सनुहुन्थ्यो । आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो । विद्यार्थीहरुलाई बोलाई बक्सन्थ्यो । सबैले जय जयकार गर्थे’ उनले भने, ‘प्रधानमन्त्रीजी मात्र होइन, त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो, यसले हिजो राजाका वरिपरि रहने भारदारहरुको न्यास्रो पनि मेटाइदिएका छन भन्नुहुन्छ उहाँहरु ।’
प्रधानमन्त्रीले यो सबैकुरा थाहा भएर पनि थाहा नपाएजस्तो गरेको भए पाप हुने र थाहा नभएको भए अक्षमता हुने भन्दै थापाले ‘स्वास्थ्य लाभ गर्न गइदिनुहोस्’ घुमाउरो शैलीमा राजीनामा मागेका छन् । onlinekhabar
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस