उपसभामुख चयनमा अन्योलता

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन कहिले हुने भन्‍नेमा अन्योलता छाएको छ । सत्तारुढ दल नेकपाले उपसभामुख निर्वाचनमा रुची नदेखाउँदा र सभामुख अग्‍नी सापकोटाले पहल नगर्दा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

झन्डै दुई तिहाइ बहुमत भएको नेकपाले जुन दललाई भन्यो उसैले उपसभामुख पाउने अवस्था रहेको छ। तर, नेकपाले नै उपसभामुख निर्वाचनमा कुनै चासो नदेखाउँदा प्रक्रिया अगाडि नबढेको हो।

संघीय संसद प्रतिनिधिसभा नियमावलीले सभामुखलाई उपसभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने अधिकार दिएको छ। तर, सभामुख सापकोटाले पनि उपसभामुख निर्वाचनबारे कुनै प्रक्रिया अगाडि बढाएका छैनन्। उनी निकट स्रोतका अनुसार बुधबारसम्म उपसभामुख निर्वाचनबारे कुनै पहल भएको छैन। सभामुखले उपसभामुखको बारेमा सत्तारुढ नेकपाले नै पहल गरोस् भनेर कुरिरहेका हुन्।

उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएकी थिइन्। माघ १२ गते सभामुखमा सापकोटा निर्वाचित भएका थिए। तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि भइसकेकी छन्। तर, संवैधानिक परिषद् सदस्यसमेत रहेको उपसभामुख चयनमा नेकपा र सभामुखको प्राथमिकता परेको छैन।
उपसभामुख चयनको विषयमा कांग्रेसले संसदमा उठाउन थालेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद मीना पाण्डेले उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि नबढाएकोमा सभामुख सापकोटा र सरकारको ध्यानाकर्षण गराएकी छन्। उनको प्रश्न थियो, ुप्रतिनिधिसभा नियमावलीको नियम ८ ९१० अनुसार सभामुखले उपसभामुखको निर्वाचन तालिका ल्याउनुपर्नेमा अहिलेसम्म किन ल्याइएन रु महिला उपसभामुख हुने भएकाले नै बेखबर बसेको हो रुु

सभामुख वा उपसभामुखमध्ये एकजना महिला र फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ। सभामुखमा पुरुष निर्वाचित भइसकेकाले अब उपसभामुखमा महिला निर्वाचित हुनुपर्नेछ। त्यस्तै, सभामुखमा नेकपाबाट सापकोटा निर्वाचित भएकाले उपसभामुख नेकपा बाहेकको दलबाट हुनेछ। सांसद पाण्डेको प्रश्न यसै व्यवस्थालाई लिएर आएको हो। ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker