दुई वर्षीया बालिका बलात्कारको आरोपमा १३ वर्षीय किशोर पक्राउ

सल्यानको शारदा नगरपालिकामा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन्। दुई वर्ष सात महिनाकी बालिकालाई एउटै गाउँमा बसने ती किशोरले बलात्कार गरेको आरोप छ।

फागुन ११ मा बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा अध्ययनरत ती किशोरले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताएको प्रहरीको भनाइ छ। बालिका रुँदै घर आएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए। thahakhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker