Techie IT

चन्द समूहका दुई नेता पक्राउ,अभ’द्र व्यवहारमा मु’द्दा दर्ता


महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

कालीकोटको रुक्सा गाउँपालिका ४ घर भइ भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ को निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ को जुँगार घर भइ मध्यपुरथिमि नगरपालिका २ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपक गिरीले भक्तपुरको दुई ठाउँबाट पक्राउ परेका बोगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेको जानकारी दिनुभयो ।

पक्राउ परेका बोगटी यसअघि चन्द समूह भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई साङ्घातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । चन्द समूहका कार्यकर्ताले शङ्कास्पद गतिविधि गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजी गरी उनीहरुलाई पक्राउ गरेको गिरीले जानकारी दिनुभयो ।

उनीहरुलाई फेला पारी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको जानकारी दिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यअघि बढाइएको जानकारी दिनुभयो । ujyaloonline


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!