राष्ट्रियसभा सदस्यमा वामदेव कि खतिवडा ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा कसलाई पठाउने भन्ने विवाद चर्किएका बेला नेकपा सचिवालय बैठक बसिरहेको छ ।
आजको बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ ।
नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, उक्त निर्णयको २ घण्टा नवित्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई नपठाइ अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने भन्दै सचिवालयको निर्णय नमान्ने बताएका थिए ।
सचिवालय निर्णयलाई नमान्ने प्रधानमन्त्रीको अडानपछि नेकपामा गौतम कि खतिवडा भन्ने विवाद चर्किएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सचिवालय सदस्यहरु बामदेव गौतमको पक्षमा छन् भने प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेल भने डा। खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडानमा देखिएका छन् ।
नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ ।
राष्ट्रिय सभामा गौतमलाई पठाउने र अर्थमन्त्रीमा डा। खतिवडालाई नै निरन्तता दिने गरी समस्याको समाधान खोजिने नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
क्जबचभ त्धभभत एष्ल क्जबचभ
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस