प्रचण्डमाथि जुत्ता प्रहार

पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
अध्यक्ष दाहाल माथि राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केने क्रममा जुत्ता प्रहार भएको हो ।
राष्टियसभा गृहमा आइतबार पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अध्यक्ष दाहाललाई प्रमुख अतिथिकाे रुपमा निम्त्याइएको थियो ।
भरत मोहन अधिकारी स्मृति फाउण्डेशन आयोजनामा भएको अध्यक्ष दाहालसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपाका सह–अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी र कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालासहित विभिन्न पार्टीका शीर्ष नेताहरुलाई समेत निम्यायएको थियो ।
अध्यक्ष दाहालमाथि कार्यक्रममा आक्रमण भएको यो दोस्रो पटक हो । दाहाल एकीकृत माओवादीको अध्यक्ष रहेको बेला भृकुटीमण्डपमा आयोजित कार्यक्रम आफ्नै पार्टीका कार्यकर्ता पदम कुवरले कुर्सीले प्रहार गरेका थिए ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस