माओवादीकै कार्यकर्ताद्धारा किन भयो प्रचण्डमाथी जुत्ता प्रहार ?

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार भएको छ ।

राजधानीको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।

यद्यपि प्रचण्डलाई जुत्ताले भने लागेन । जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवा रतन किरुवा हुन् । २२ वर्षे रतन पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ ।

उनलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । नेताहरु सुविधाभोगी भएको भन्दै पूर्व लडाकुहरु असन्तुष्ट हुँदै आएका छन् । यसअघि पनि दाहालमाथि विभिन्न कार्यक्रममा जुत्ता चप्पल प्रहार हुँदै आएको थियो ।
हामो्र समाचार साखामा स्थानीय समाचारको कमी भएकाले सहयोगका लागी अपलि गर्दछौ ।
दिनेश केशी,समाचार प्रमुख रेडियो बान्नीगढि,अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker