समिट एयरलाइन्सद्धारा अछाम धनगढी हवाई सेवा सुरु

समिट एयरलाइन्सले अछाम धनगढी–धनगढी अछाम उडान सुरु गरेको छ ।
समिट एयरले आज अछामबाट धनगढी र धनगढीबाट अछाम हवाई सेवा सुरु गरेको हो । समिट एयरका प्रतिनिधि दिपक दुवालका अनुसार अछामबाट धनगढी आउँदा १६ जना र धनगढीबाट अछाम जाँदा ६ जना यात्रु थिए ।
यसअघि समिट एयरले गत बर्षको चैत ८ गते साप्ताहिक रुपमा धनगढी–साफेबगर हवाई सेवा सञ्चालन हुने दावी गरेको थियो । तर ८ गते एक दिन मात्रै हवाई सेवा सञ्चालन गरिएकोमा त्यसपछि एक दिन पनि धनगढी–अछाम हवाई सेवा सञ्चालन गरिएको थिएन् ।
समिट एयरका प्रतिनिधि दुवालले अव हप्ताको एक दिन अछाम–धनगढी हवाई सेवा सञ्चालन हुने बताउनु भएको छ । अछाम साँफेबगर देखी धनगढी सम्मका लागि तीन हजार ६ सय भाडादर कायम गरिएको छ ।
धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले भने अहिले नै साप्ताहिक उडान बारे आफुलाई जानकारी प्राप्त नभएको बताउनुभयो । धनगढी साँफेबगर नियमित हवाईसेवा सुरु भएपछि अछाम लगायत छिमेकी जिल्ला बाजुराका यात्रुलाई आवतजावतमा सजिलो हुनेछ । साँफेवगर धनगढीको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस