एसइइमा उत्कृष्ट अँक हासील गर्ने बान्नीगढीका बिद्यार्थी पुरस्कार पाउनबाट बञ्चित

सरस्वती माद्यामिक बिद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवरले शैक्षिक शत्र २०७५ को एसइइ परिक्षामा उत्कृष्ट अँक हाँसील गर्ने बिद्यार्थीलाई पुरस्कार प्रदान नगरिएको भन्दै दुःखेसो गर्नु भएको छ ।
शैक्षीक शत्र २०७५ को एसइइ परिक्षामा बान्नीगढी जयगढ गाउँपालिका भित्र उत्कृष्ट नतिजा हाँसील गर्ने सरस्वती माद्यामीक बिद्यालयका १ जना छात्र र १ जना छात्रालाई गाउँपालिकाले घोषणा गरेको पुरस्कार प्रदान नगरिएकोमा उहाले दुःखेसो गर्नु भएको हो ।
शिक्षा क्षेत्रलाई सुधार गर्ने उद्धेश्यले बान्नीगढी जयगढ गाउँपालिकाले पालिका भित्र प्रत्येक बर्षको एसइइ परिक्षामा उत्कृष्ट अँक हाँसील गर्ने एक जना छात्र र एक जना छात्रालाई ५० हजार नगद सहित पुरस्कृत गर्ने घोषणा केहि बर्ष पहिले गरेको थियो ।
शैक्षीक बर्ष २०७४ मा पालिकामा एसइइ परिक्षामा उत्कृष्ठ अँक हाँसील गर्ने छात्र छात्रालाई ५० हजार नगद सहित पुरस्कृत गरिएको भए पनि गत शैक्षिक शत्रमा उत्कृष्ट हुने बिद्यार्थीले पुरस्कार किन पाउन नसेकेका हुन भन्दै सरस्वती माद्यामिक बिद्यालय जयगढका प्रधानाध्यापक टेक बहादुर कुँवरले एक सार्वजनिक कार्यक्रममा प्रश्न गर्नुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकालाई साक्षर तथा छाउगोठमुक्त घोषणा कार्यक्रमको औपचारीक कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिलाई इँगीत गर्दै प्रधानाध्यापक कुँवरले उत्कृष्ट अँक हाँसील गर्ने छात्र छात्राले पुरस्कार पाउन नसकेकोमा प्रश्न गर्नुभएको हो ।
शैक्षीक शत्र २०७५ को एसइइ परिक्षामा बान्नीगढी जयगढ गाउँपालिका भरिका बिद्यार्थी मध्य सरस्वती माद्यामिक बिद्यालयका छात्र सत्पाल साउँद र छात्रा मञ्जु जोशीले उत्कृष्ट अँक हासील गरेका थिए ।
यस्तै प्रधानाध्यापक कुँवरले सरस्वती माद्यामिक बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापीत गर्न लागी परेको बताउनु भएको छ । आउदो शैक्षीक शत्रबाट कक्षा ३ सम्म अँग्रेजी माध्यमबाट कक्षा सँचालन गर्ने तयारी रहेको उहाले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस