सुर्खेतमा कोरोनाकाे आशंका : एक युवक स्वास्थ्यकर्मीको निगरानीमा

साँकेतीक तस्वीर
सुर्खेतमा एक युवालाई कोरोना भाइरसको आशंका गरिएको छ । काठमाडौंबाट सुर्खेत आएका ति युवामा ज्वरो बढेको देखिएपछि कोरोना भाइरस भएको आशंका गरिएको हो ।
सुर्खेत विमानस्थलमा आजबाट शुरु गरिएको हेल्थ डेक्समा चेकजाँच गर्दा ति व्यक्तिमा १००.५ डीग्री ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।
कर्णाली प्रदेश अस्पताल कालागाउँका मेसु डा. डम्बर खड्काले आशंका गरिएको व्यक्तिलाई ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताए ।
‘आत्तिनु पर्ने अवस्था छैन्’ डा. खड्काले भने, ‘उनलाई तत्काल आइसोलेसन कक्षमा राख्नु पर्ने अवस्था पनि छैन्, घरमै राखेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेका छन् ।’ ति युवा जापानबाट कोरियाहुँदै नेपाल आएको बताएकाले स्वास्थ्यकर्मीकाे निगरानीमा राखिएको डा. खड्काको भनाई छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस