कोरोना प्रकोपलाई मध्यनजर गर्दै साँफेबगर नगरले के गर्दैछ ( कुराकानी )

साँफेबगर नगरपालिकाले यस बर्षको नारी दिवसको अवसरमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएको छ ।

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै नारी दिवशको अवशरमा गरिने सम्पुर्ण कार्यक्रम स्थिगित गर्ने बताएको हो । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्देशन दिएकाले कुनै पनि कार्यक्रम नगर्ने नगर प्रमुख कुल बहादुर कुँवरले बताउनुभयो ।

सभा सम्मेलनको कार्यक्रमबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको जोखिम बढी हुने भएकाले नारी दिवसको अवसरमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयो । संसारभर माहामारीको रुपमा फैलिरहेको कोरनाको संक्रमणबाट जोगीनकालागी नगरपालिकाले जिल्लाका केही संचारमाध्यामबाट जनचेतनामुलक अडियो सामाग्री समेत प्रसारण गरिरहेको पनि मेयर कुँवरले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले आउदो २५ मनाईने नारी दिवशमा साँफेबगर नगरपालिकाले गरेको कुनै पनि सभा सम्भेलनका कार्यक्रम नगर्ने निर्णयका बिषयमा नगर प्रमुख कुल बहादुर कुँवरसंग कुराकानि गरेका छौँ । कार्यक्रमको शुरुमा उहाँलाई साथी भानु ढकालले नारी दिवशका सम्पुर्ण कार्यक्रमहरु किन स्थगीत गर्नुभएको हो भनेर सोध्नुभएको छ ।
कुराकानी : कुल बहादुर कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker