अछाममा लडेर १८ बर्षिया किशोरीको मृ’त्यु

पंखबहादुर शाही
अछामको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर एक किशोरीको मृ’त्यु भएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ बर्षिया दुर्गा शाहीको सनिबार बेलुका साढे ४ बजेतिर घर नजिकै रहेको साजको रुखबाट लडेर उपचार गर्न सुर्खेर्त लैजाँदै गर्दा बिच बाटोमै मृ’त्यु भएको प्रह’री चौकी तुर्माखाँदले जानकारी दिएको छ ।
प्रह’री चौकी तुर्माखाँदका सहायक प्रहरी निरिक्षण लालबहादुर सुनारले उपचार गर्न लैजाँदै गर्दा दैलेख र सुर्खेतको सिमाना रातानाङ्ला नजिकै आईतबार बिहान ३ बजेतिर मृ’त्यु भएको खबर आफुलाई प्राप्त भएको बताए ।
पारिवारिक स्रोतका अनुसार समयमा नै उचार नहुँदा मृत्यु भएको हो । अछामको दुर्गम क्षेत्र भएकाले नाडा, तुर्माखाँद,गैटाणा, विनायक, दैलेख हुँदै सुर्खेत लैजाने क्रममा उनको बिचबाटोमा मृ’त्यु भएको हो ।
दुर्गा कालिकाश्वरी माध्यामिक विद्यालय गाविसमा कक्षा १० मा अध्यनरत छात्रा हुँन् । ‘रुखमा घाँस काट्ने क्रममा लडेर उनको टाउकोमा धेरै चोट लागेको थियो ।’