बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु ,६ घाइते

बैतडीमा आइतबार जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशरथचन्द राजमार्गअन्तर्गत जिल्लाको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय चालक धानसिंह बडालको ज्यान गएको हो ।

धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट ९१२५७० जिप दुर्घटनामा परेको र कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker