होरी पर्वसँगै विदेशीएका सर्वसाधारण घर फर्कन थाले

रोजगारीको शिलशिलामा जिल्ला बाहिर तथा विदेशीएका सर्वसाधारण घर फर्कन थालेका छन । कामको शिलशिलामा अछाम जिल्ला बाहिर तथा भारतमा रहेका अछामीहरु चाँड पर्व नजिकिए संगै घर फर्कन थालेका हुन ।
होरी पर्व सँगै बिभिन्न पर्वहरु नजिकिए सँगै जिल्ला भित्रिने सर्वसाधारणको सँख्या ह्वात्तै बढेपछि सवारी साधनमा यात्रुहरुको चाप पनि बढेको छ । आईतवार मात्रै जयगढमा करिव ४ सय भन्दा बढि सर्वसाधारण जिल्ला बाहिर तथा भारतबाट ओर्लीएको यातायात व्यवसायीले बताएका छन ।
जिल्ला बाहिर तथा बिदेशीएकाहरु गृह जिल्ला फर्किन थालेपछि जयगढ रोड बजारमा चहल पहल बढेको व्यापारी सँगम साउँदले बताउनुभयो । दैनिकी जसो यात्रुहरुको चाप बढे संगै शुदुरपश्चिम बष टिकट काउण्टरमा मात्रै ३ दिन देखी हाल सम्म करिब ६ सय यात्रुहरुको आगमन भएको काउण्टर इन्चार्ज मोहन स्वारले बताउनु भएको छ ।
होरी सँगै चैते दशै,नयाँ बर्ष र पुतला पनि नजिक आएका करिब एक महिना सम्म जिल्ला भित्रिने यात्रुहरुको भिडभाड हुने उहाले बताउनुभयो ।
यस्तै कर्णाली रिभर यातायात टिकट काउण्टरमा पनि दैनिकी करिब १ सय पचास जना बढिको आगमन भई रहेको काउण्टर इन्चार्ज खेमराज खड्काले बताउनु भएको छ ।
बिभिन्न चाँर्ड पर्वको अवसर पारी आफ्नो गृह जिल्ला अछाम आउने यात्रीहरुको चाप बढे संगै समितिले अछाम आउने यात्रुको सहजताका लागी यातायातका साधन थपे गरेको उहाले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस