समाज रुपान्त्रणमा सन्चारकर्मीले गुणत्मक परिवर्तन ल्याउनु पर्छ : तिमिल्सैना

प्रेष युनियन अछामको होलि मिलन तथा बधाई कार्यक्रम ठुलासैनमा सम्पन्न भएको छ । युनियन अछामको आयोजनामा सन्चारकर्मी भेटघाट,होलि मिलन तथा महिला पत्रकार ढुंगानालाई बधाई कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्वर ६ ठुलासैनमा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै नेपाली काग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुुगाँनाले समाज परिवर्तनका लागि पत्रकार सम्बाहक बन्नु पर्ने बताउनु भएको छ । राज्यको चौथो अँग संञ्चार जगत भएकाले नकारात्मक तिर गईरहेको समाजलाई सकारात्मक क्षेत्र तिर लैजाने मुख्य भुमिका पत्रकारको भएकाले त्यसतर्फ सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

होलि पर्वको अबसरमा प्रेष युनियन अछामले ठुलासैनमा आयोजना गरेको होलि मिलन तथा बधाई कार्यक्रममा प्रमुुख अतिथीको आशनबाट बोल्दै प्रमुुख अतिथी ढुुगाँनाले सदियौँ दिनमा कसैको बचावटमा समाजलाई नकारात्मक दिशा तर्फ लैजाने ब्यक्ति मौलाउदै गएकाले त्यस्ता ब्यक्तिको अन्त्यका लागि अब संञ्चारकर्मिले खबरदारि गर्नु पर्ने बताउनु भयो ।

प्रेष युुनियन अछामका अध्यक्ष टँक प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी पत्रकार महासँघ अछामका पुुर्ब अध्यक्ष तथा नेपाली काग्रेस अछामका सहसचिव बेद प्रकाश तिमिल्सैनाले समाज रुपान्त्रणका लागी सन्चारकर्मीको मुख्य भुमिका भएकाले परिवर्तनको बिगुल फुक्न जरुरी रहेको बताउनु भयो ।

सख्यात्मक रुपमा अछामका मिडीया तथा संञ्चारकर्मि थुप्रै भएकाले अब गुुणात्मक उपलब्धी हुुन सक्नुुपर्ने उल्लेख गर्नु भयो ।

होली मिलन तथा बधाई कार्यक्रममा अन्तराष्ट्रिय पत्रकारित पुुरुस्कार ईञ्जाद्धारा सम्मानीत कान्तिपुर दैनिकका अछाम सवाददाता तथा पत्रकार महासंघ अछामका सहसचिव मेनुुका ढुुगानालाई सम्मानीत गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ अछामका पुुर्ब अध्यक्ष तथा वडा नम्बर ६ अध्यक्ष जनकराज भण्डारी, जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुुगाना, पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रि, कृषि सहकारी अछामका अध्यक्ष बेद प्रसाद ढुुगाना, प्रेस सँगठन प्रदेश सस्य शिबराज ढुुगाना, चन्द्र बहादुर थापा, फोटो पत्रकार महासँघ अछामका अध्यक्ष धिरज कुवर, दलित पत्रकार महासंघ अछामका अध्यक्ष सुरत सुनार लगाएतका अतिथी रहनु भएको थियो ।

युनियनका बरिष्ठ उपाध्यक्ष लोकराज ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिब सुुशिल भण्डारीले गर्नु भएको थियो । होलि मिलन कार्यक्रम प्रेष युनियन अछामको आयोजना, जिपि कोईराला फाउण्डेशन अछाम र कृषि सहकारी संस्था अछामको प्रायोजना तथा फोटो पत्रकार महासँघ अछामको सह आयोजनामा गरिएको हो ।

सोही अवसरमा पत्रकारित पुुरुस्कार ईञ्जाद्धारा सम्मानीत कान्तिपुर दैनिकका अछाम सवाददाता तथा पत्रकार महासंघ अछामका सहसचिव मेनुुका ढुुगानालाई रेडियो रामारोशन अछामले समेत दोसल्ला, अब्बिर लगाएर सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker