कमलबजार सरकारको ‘सुत्केरीसँग उप-प्रमुख’ कार्यक्रम प्रभावकारी बन्दै

दिनेश केशी, अछाम
कमलबजार नगरपालिकाले सन्चालन गरेको ‘सुत्केरीसँग उपप्रमुख’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नगर उपप्रमुख भुमिसरा ढकाल बजगाँई आफै घरमै पुगी सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामान वितरण गर्ने गरे संगै कार्यक्रम प्रभावकारी बन्दै गएको उप प्रमुख बजगाईले बताउनु भयो ।
हाल सम्म ६ सय जना सुत्केरी र गर्भवती महिलालाई पोषणयुक्त सामान वितरण गरेको नगरपालिकाले जनाएको छ । एक महिनाअघि सुरु गरेको ‘सुत्केरीसँग उपप्रमुख’ कार्यक्रमअन्तर्गत नगरका १० वटै वडाका गर्भवती तथा सुत्केरी महिलालाई कोसेली लिएर उपप्रमुखसहितको टोली गाउँगाउँ पुग्ने गरेको छ । सुत्केरीलाई कोसेली ल्याएर गाउँमै जनप्रतिनिधि आउन थालेपछि महिलाहरू निकै खुसी बनेका छन ।
अछाममै नया कार्यक्रमको सुरवात गरेको र सुत्केरी संग उप प्रमुख कार्यक्रमबाट थुर्पै सुत्केरी महिला तथा नवजात शिसुहरु लाभाम्वीत भएको उप प्रमुख बजगाँइले उल्लेख गर्नु भयो । कमलबजार नगरपालिकाको आर्थीक बर्ष २०७६÷७७ को बजेट अन्तरगत उक्त कार्यक्रमको थालनी गरिएको र यसले दुरदराजका महिलाहरुमा सकारात्मक प्रभाव परेकाले निरन्तरता दिइने उहाँको भनाई छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस