Techie IT

ब्यावसायिक पशुपालनका लागि पञ्चदेवल सरकार सँधै अग्रसर रहने :उप-प्रमुख चलाउने


पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउनेले ब्यवसायिक पशुपालनका लागि स्थानीय सरकार ब्यवस्थित ढंगले कार्ययोजना बनायर अघि बढेको बताउनुभएको छ ।

पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ कालेकाडाको चिल्तडामा भएको एक दिने निशुल्क पशु स्वास्थ्य शिविरको बुधवार स्थानिय किसान नन्दा साउदलाइ औसधि हस्तान्तरण गरेर उदघान पछि प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रमुख चलाउनेले सेवा प्रबाहका लागि नगरपालिकाको केन्द्र बाट टाढा रहेका वडाका आम सर्वसाधारण लाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउदै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्नु भयो ।

उदघाटन कार्यक्रमका बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस अछामका सह सचिव तथा प्रवक्ता वेदप्रकाश तिमिलसैनाले पन्चदेवल विनायक नगरपालिकाको सरकारले पछाडी परेको क्षेत्र र बर्गका लागि काम गरेकोमा प्रसंसा गर्दै नगरको पशु सेवा शाखाको काम प्रती सम्मान व्यक्त गर्नुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस